COVID-19 खोप
हामी अष्ट्रेलियाली समुदायमा बस्नुहुने सबैजनाले खोप लगाउन प्रहोत्साहित गर्दछौं। यो स्वास्थ्य सल्लाह अनुसार हो।
COVID-19 खोपहरु अष्ट्रेलियामा निम्न लगाएत सबैकोलागि निःशुल्क उपलब्ध छन्:
- अष्ट्रेलियाली भिसा बहाकहरु
- विदेशी पाहुनाहरु(घुम्न आउनुहुनेहरु)
- अन्तर्राष्ट्रिय विद्यार्थीहरु
- आप्रवासी कामदारहरु
- शरणार्थी खोजिरहेकाहरु, र
- मानिसहरु जसको सहि भिसा छैन।
जब अष्ट्रेलियामा मानिसहरुले खोप लगाऊँदछन्, तिनिहरुको अद्यागमन तथा नागरिकताको स्थितीको जानकारी संङ्कलन गरिदैन।
निःशुल्क COVID-19 खोप लगाउनकोलागि तपाईले योग्य हुनु वा Medicare मा दर्ता भएको हुनु पर्दैन। तपाईले कहाँ Medicare नचाहिने क्लिनिक छ भनेर पत्ता लगाउनकोलागि, COVID-19 Vaccine Eligibility Checker प्रयोग गर्नुहोला।
तपाईको भाषामा COVID-19 खोप कार्यक्रमको बारेमा थप जानकारीको लागि, COVID-19 vaccine information in your language मा हेर्नुहोला।