कोरोना भाईरस(COVID-19)को बारेमा गलत र सत्य जानकारी

गलत: तपाईले कोरोना भाईरस एन्टिबायोटिकस् वा एन्टीमलेरियन औषधी द्वारा उपचार गर्न सक्नुहुन्छ

सत्य: कोरोनाभाईरसको हाल सम्म कुनै खोप वा उपचार छैन।

विश्वभरका अनुसन्धानकर्ताहरुले भाईरसको लागि खोप विकाश गर्नकोलागि कडा परिश्रम गरिरहेका छन् तर हामीलाई थाहाछैन यसकोलागि कति समय लाग्नेछ भनेर। अनुमानित १२ वा १८ महिना।  

अनुसन्धानकर्ताहरुले बिभिन्न प्रकारका औषधीहरुको प्रयोग पनि हेरिरहेका छन् जुनचाँही कोरोना भाईरस लगाएत आर्थराईटिस, मलेरिया बिरुद्ध, र HIV को उपचार गर्ने औषधीहरु। तिनिहरुले कोरोना भाईरसलाई उपचार गर्दैन तर यसले भाईरस लाग्न सक्ने व्यक्तीहरुको कमी गराउन र यस्ता मामिलाहरुको गम्भिरतालाई कमी गर्न पनि सक्ने संभावना छ।

यो महत्वपूर्ण छ की, तसर्थ, खोपको प्रतिक्षा गरेर वा कोरोना भाईरसको उपचार पर्खेर नबस्नुहोला – र त्यसैकारणले गर्दा अष्ट्रेलियाद्वारा अधिक स्वास्थ्य मापदण्डहरु स्वीकारेको छ।

गलत: बालबालिकाहरु कोरोनाभाईरसको ‘तिब्र फैलावटकर्ता’ हुन्

सत्य:  साधारणतया जहाँसम्म बालबालिकाहरु किटाणु र किराहरुको ’तिब्र फैलावटकर्ता’को रुपमा चिनिएपनि, साँचैने ईन्फ्लयञ्जा(रुघा खोकी)को लागि भएपनि, कोरोना भाईरसको मामलामा भने यो भएको देखिंदैन। जहाँसम्म अनिले सम्म। संसार भरिका कुनैपनि आँकडाले यो भाईरस बालबालिकाहरुको कारणले भाएको हो भन्ने देखिएको छैन। हामी यो हुँदैहुन्न भन्न खोजेका भने हैनौं। यो सम्भव हुन सक्दछ। तर सम्पूर्ण प्रमाणहरुको अनुसार कोरोना भाईरसका तिब्र फैलावटकर्ता तिनिहरु हैनन् भनेर।

गलत: अष्ट्रेलियाले प्रर्याप्त उपकरणहरु र सामाग्रीहरु पाउन सक्दैन (भेन्टीलेटरहरु, मास्कहरु, परिक्षण गर्ने सामाग्रीहरु)

सत्य:  बिमारी र मुख्यगरि स्वास्थ्य कार्यकर्ताहरु जसले उनिहरुलाई हेरचाह गर्दछन् उनिहरुको लागि साधारण सन्देश, हो- सत्य हो, अष्ट्रेलिया संग यो महामारी संग संघर्ष गर्न प्रर्याप्त साधनहरु छन्। यद्दपी, परिक्षण सम्बन्धी सामाग्रीहरु संसार भरिको माग आपूर्ती भन्दा बढी र उत्पादन क्षमता भन्दा बढी भएकोले अभाव भैरहेको छ।

कर्चारीहरुलाई यो आश्वासन दिईन्छ कि संरक्षणका सामाग्रीहरु सधै आईरहेको छ, यसको मतलब, बदलामा बिरामीहरुले भरि सक्दो उत्तम हेरचाह पाउनेछन्। उदारहणको लागि, राष्ट्रीय मेडिकल भण्डारमा १०  दशलाख (१० मिलियन) मास्क छन्।  राष्ट्रीय मेडिकल भण्डारमा राम्रो संग संञ्चय होस् भन्ने हेतुले अष्ट्रेलियाली सरकार नियमित रुपमा थप मास्कहरु हासिल गरेको निश्चय गरिरहेको छ, र महामारी फैलिरहेको बेला अष्ट्रेलिया संग प्रर्याप्त संरक्षणका सामाग्रीहरु मेडिकल पेशेवारहरुको समर्थनकोलागि उपलब्ध छन्। यसमा देश भित्रकै घरेलु उत्पादन क्षमता र क्षमता बढाउने पर्दछन्।

सामान्यतय अष्ट्रेलियामा २,२०० भेन्टीलेट भएको अस्पतालको ओछ्यानहरु छन्। विगत छ हप्ताहरुमा एनेष्थेसिष्ट मेशिनहरु र अन्य उपकरणहरुको परिमार्जन गरेर, अब हामी संग ४,४०० भन्टीलेट भएको ओछ्यानहरु, र हामी त्यसलाई ७,५०० बनाउन हेरिरहेका छौं। अप्रील महिनाको शुरुमा, कोरोना भाईरस भएको सघन हेरचचाह(intensive care) यूनिटहरु र २० भेन्टीलेटरको आवश्यकता परेको थियो।

सामुयदायिक रोग नेटवर्क(The Communicable Diseases Network) अष्ट्रेलियाले दैनिक रुपमा परिक्षणको आवश्यकताको मूल्यांङ्कन गरिरहेको छ, ता कि केवल आवश्यक परिक्षणहरु मात्र गरियोस् भनेर।

गलत: कोरोना भाईरसको कारण अष्ट्रेलियाको अस्पतालहरुले बढ्दो मागको आपूर्ती गर्न सक्नेछैन

सत्य:  कोरोना भाईरसको संघर्षकोलागि अष्ट्रेलियाको सरकारी र निजी अस्पतालहरु एकजुट भएका छन्। अष्ट्रेलियाली सरकार, राज्य र प्रादेशिक सरकारहरु र निजी अस्पतालहरु बिचको एउटा ऐतिहासिक साझेदारीले थप ३४,००० बिच्छ्यौनाहरु र १०५,००० मेडिकल कर्मचारीहरु देशभरिनै कोरोना भाईरस बिरुद्धको संघर्षको मद्दतको लागि जुटेका छन्।

निजी क्षेत्रका अस्पताल सेवाहरु, उपकरणहरु, ओछ्यानहरु, सामाग्रीहरु र कर्चारीहरु सार्वजनिक बिरामीहरुलाई, सार्वजनिक प्रणालीलाई सहयोग उपलब्ध गराईनेछ।

तिनिहरुले लामो समयको लागि बस्ने सार्वजनिक राष्ट्रिय अशक्तता वीमा परियोजना(National Disability Insurance Scheme)का सहभागीहरुलाई, र बृद्धहेरचाहका बिरामूहरु र साधारण आवश्यकताका बिरामीहरुको सेवामा पनि निरन्तरता दिनेछन्।

सहभागीहरुले अष्ट्रेलियाको विश्व स्तरिय स्वास्थ्य प्रणालीको श्रोतहरु पूर्ण रुपमा तयार भएको निश्चय गर्नेछन् र महामारीको बिरामीहरुलाई आवश्यक पर्ने उपचार उपलब्ध गराउनेछन्।

गलत: एकपटक दुई हप्ता बन्द गर्नाले कोरोना भाईरसको फैलावट रोकिनेछ

सत्य दुई वा तिन हप्ताको निषेधितता र त्यस पछी त्यसो गर्न छाडेमा र साधारण जीवनमा फर्केमा कोरोना भाईरसको फैलावट रोकिनेछैन।

दुई हप्ताको बन्दले केबल कोरोना भाईरसको कुरुपता फेरी फर्केर आउने खतारा हुनेछ, सायद झनै पहिला भन्दा आक्रामक हुन पनि सक्नेछ।

केहि व्यक्तीहरुले सोधेका छन् की किन हामी अन्य देशहरुले जस्तै सखाप बन्द नगरेका हौं। त्यसको उत्तर भने, ईटाली, स्पेन र ईरान जस्तो देशहरु र चिनको उहान जस्तो शहरहरु जहाँ प्रकोप शुरुभयो, हामी भने त्यो भन्दा वक्रमा अगाडीनै रहेका छौं।

जब यी देशका स्वास्थ्य विज्ञहरुले के भैरहेको छ भनेर पत्तालगाए, कोरोना भाईरस नियन्त्रण भन्दा बाहिर गै सकेको थियो र बनको उर्लँदो डढेलो जस्तो गरेर फैलिसकेको थियो। त्यसैको कारण ति देशहरुको अस्पतालहरुले गम्भिर प्रकृतीका रोग भएका मानिसहरुलाई उपचार गर्न संघर्ष गर्नु परेको हो।

हाम्रा स्वास्थ्य विज्ञहरुले अष्ट्रेलियामा हरेक दिन नयाँ रोगीका संख्याहरु र कहाँबाट सरिरहेका छन् नियमित रुपमा निरिक्षण गरिरहनेछन्। उनिहरुले त्यसपछी प्रमाणको आधारमा त्यहाँ कस्तो किसिमको नयाँ नियमहरु वा निषेधिकरण लागू गर्न आवश्यक छन् भनेर  सिफारिस गर्नेछन्। हरेकले हालको निषेधीकरणको बारेमा www.australia.gov.au मा गएर पत्तालगाउन सक्नुहुनेछ।

गलत: सबैजनाको परिक्षण गर्नाले कोरोना भाईरस फैलनबाट रोकिन्छ

सत्य:  परिक्षण गर्दैमा भाईरस फैलनबाट रोकिदैन।

जुनकुनै भाईरस जस्तै, COVID-19 एउटा व्यक्तीबाट अर्को व्यक्तीमा सर्दछ। केवल संधैजसो सामाजिक दुरी कायम गरेर, र यदि तपाईलाई सञ्चो छैन भने घरैमा बन्दित भएर बसेर भाईरस फैलनबाट रोक्न सकिन्छ।

कसैलाई COVID-19 को लक्षण जसलाई देखा परेको छ उनिहरुलाई परिक्षण गर्नाले रोग फैलावटको मार्ग पत्ता लगाउन र एकबाट अर्कोमा सर्न न्यूनिकरण गर्न मद्दत पुग्नेछ। यदि हामीलाई थाहा भयो की कसैलाई भएको छ भनेर, त्यो व्यक्तीले आफैले अलगवा(isolate) गर्न सक्दछ र उसको सम्पर्क को को संग भएको छ पत्ता लगाउन सकिन्छ र थप सर्नबाट न्यूनिकरण गर्न सकिन्छ।

यद्दपी, COVID-19 परिक्षण नकारात्मक हुन भनेको तपाई खतरामा हुनुहुन्न वा अरुलाई खतरा हुँदैन भन्ने छैन। तपाईलाई सरिसकेपछी तर लक्षण देखा पर्नु अगाडी पनि तपाईको COVID-19  परिक्षण नकारात्मक हुन सक्दछ। तपाईलाई एक दिनको परिक्षणमा नकारात्मक देखिन सक्दछ, र अर्को दिन COVID-19 लाग्न सक्दछ। त्यसैले गर्दा राम्रो सरसफाई हुनु र सामाजिक दुरी कायम गर्नु, र अत्यावश्यक परेको बाहेक अरु बेलामा घरमै रहनु अत्यन्तै जरुरी छ। यसो गर्नाले केबल COVID-19 को फैलावट मात्र रोकिने हैन तर अरु रोगहरु पनि हो, हाम्रो स्वास्थ्य सेवाहरुको मागको चाप घटाउनु पनि हो।

गलत: परिक्षणको उपकरणहरु सहि छैन

सत्य:  COVID-19 को परिक्षणको लागि हाल न्यूक्लिक एसिड प्रवर्धन(पोलिमेर्से चेन रियाक्शन(Polymerase chain reaction (PCR)) प्रयोग गरिन्छ, जुनचाँही अत्यन्तै सहि छ। यो परिक्षणमा स्वास्थ्य पेशेवारद्वारा व्यक्तीहरुको घाँटी र नाकबाट स्वाब नमूना लिएर गरिन्छ। हालसालै, सम्पूर्ण परिक्षणमा उपकरणहरु विदेशमा उत्पादन गरिएको हो, मुख्य गरि यूरोप र एशियामा। जहाँ बहुसंख्यक परिक्षण उपकरणका आपूर्तीकर्ताहरु र राज्य र प्रदेश भरका लेबोरेटोरीहरुले फरक फरक उपकरणहरु प्रयोग गर्दछन्, तर मुख्य महत्वपूर्ण तथ्य भने उनिहरु सबैले उस्तै परिक्षणका विधिहरु अपनाऊँदछन्। विश्व भरीका सम्पूर्ण परिक्षण सम्बन्धी आपूर्तीको माग, आपूर्ती र उत्पादन  क्षमता भन्दा बढी भएकोले तनाव उत्पन्न भएको छ। यस प्रकृयाको लागि प्वाईन्ट अफ केयर एन्टिबडी परिक्षणहरु निदानको लागि सहि नहुने हुनाले, त्यस उद्देश्यको लागि सिफरासिस गरिदैन।

अष्ट्रेलिया सरकार सार्वजनिक स्वास्थ्य लेब्रोटरी नेटवर्क(Public Health Laboratory Network) र आपूर्तीकर्ताहरु संघ आपूर्ती पक्का गर्न र हुन सक्ने संभाव्य आपूर्ती समाधानका विकल्पहरु अष्ट्रेलियामा क्षमता कायम गर्न र कोरोना भाईरसको परिक्षण क्षमताको लागि निकटतम रुपमा कार्य गरिरहेको छ।

अष्ट्रेलिया सरकारको COVID-19  प्रतिको जवाफ र प्रमुख विकाशहरुको बारेमा जानकार राख्नकोलागि यो वेभसाईट नियमत रुपमा हेर्नुहोला। 

SBS मा पनि तपाईको भाषामा COVID-19 को बारेमा बृहत जानकारीहरु छन्। तपाईले मोबाईलफोन याप्स र ब्राउजरको एक्सटन्सन प्रयोग गरेर पनि सरकारी जानकारीहरु उल्थाउन सक्नुहुनेछ। तपाईको आवश्यकता पुरा गर्ने एउटा खोज्नुहोस्।

अंग्रेजीमा थप जानकारी लिनको लागि, www.australia.gov.au मा हेर्नुहोला।