स्वास्थ्य

स्वास्थ्य जानकारी

यदि तपाईं यस्तो कठिनाई जस्तो सास फेर्रून कठिन जस्ता लक्षण छ भने, कृपया जरुरी चिकित्सा सहायता लागि 000 फोन गर्नुहोला।

कोरोनाभाइरसका लक्षणहरु:

  • ज्वरो
  • खोकी
  • घाँटी दुख्ने
  • सास फेर्न कठिन।

अन्य लक्षणहरुमा नाकबाट पानि बग्ने, टाउको दुख्ने, मांसपेशि वा जोड़्नी दुख्ने रिंङ्गटा, पखाला, बान्ता, गन्ध को भावना को कमी, स्वाद बदलिएको भावना, भोक कम लाग्ने र थकान समाबेस हुन सक्छ।

यदि तपाई बिरामी हुनुहुन्छ र सोच्नुहुन्छ कि तपाईलाई कोरोनाभाइरस लागेको छ भने, चिकित्सा सहयोग लिनुहोस्।

थप जानकारीको लागि तपाईं १८०० ०२० ०८० मा राष्ट्रिय कोरोनाभाइरस हेल्पलाइन (National Coronavirus Helpline)लाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईलाई आफ्नै भाषामा दोभाषेको सहायता चाहिएमा, कृपया १३१ ४५० मा फोन गर्नुहोला।

स्वास्थ्य विभागको वेबसाइट सँग व्यक्तिहरू सुरक्षित रहन र समुदायमा हुने जोखिमहरूलाई कम गर्नमा मद्दत पुर्‍याउन अंग्रेजी बाहेक अन्य भाषाहरूमा पनि बृहत जानकारीहरु छन्।

थप भाषिक संसाधनहरु www.sbs.com.au/language/coronavirus मा पाउन सक्नुहुनेछ।

COVID-19 परीक्षण र उपचार

जहाँसम्म तपाईंसँग भिसा छैन, वा तपाईंको भिसा स्थिति बारे निश्चित हुनुहुन्न भने पनि, तपाईंले सार्वजनिक स्वास्थ्य निर्देशनहरू पालना गर्नुपर्दछ। यदि तपाईं अस्वस्थ महसुस गर्दै हुनुहुन्छ र लक्षणहरू छन्, चाहे त्यो नरम खालकै भएपनि, COVID-19 को परिक्षणको लागि तपाईं चिकित्सा सहायता लिनुहोला।

तपाईंको नजिकको COVID-19 श्वासप्रस्वास क्लिनिक फेला पार्नुहोस्।

सुरक्षित रहनुहोस्

  • सँधै राम्रो सरसफाइको अभ्यास गर्नुहोस्, साबुन र पानीले आफ्ना हातहरू २० सेकेन्ड धुनुहोस्, खोकीलाई ढाक्नुहोस्, आँखा, नाक र मुख नछुनुहोस्।
  • जब तपाईंको घर बाहिर हुनुहुन्छ कम्तिमा १.५ मिटरको सामाजिक दूरी कायम राख्नुहोस्।
  • हात मिलाउने, अंकमाल र चुम्बन जस्ता शारीरिक अभिवादनहरुलाई बेवास्ता गर्नुहोस्।
  • यदि तपाईं सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने अतिरिक्त सावधानी अभ्यास गर्नुहोस् ।
  • भीड र ठूला सार्वजनिक जमघटहरूको वेवास्ता गर्नुहोस्।
  • राम्रो जानकार रहनुहोस् - केवल विश्वसनीय आधिकारिक जानकारी प्रयोग गर्नुहोस्। कोरोनाभाइरस अष्ट्रेलिया(Coronavirus Australia) मोबाइल फोन याप्स डाउनलोड गर्नुहोस्, कोरोनाभाइरस अष्ट्रेलिया(Coronavirus Australia) व्हाट्सएप सेवाको सदस्यता लिनुहोस्, र हालसालको जानकारीको लागि www.australia.gov.au मा हेर्नुहोस्।

वृद्ध व्यक्तीहरुको COVID-19 समर्थन लाइन

वृद्ध व्यक्ति COVID-19 समर्थन लाइन वृद्ध अष्ट्रेलियाहरु लाई सूचित, समर्थन गर्दछ र सम्पर्क गराईदिन्छ।

केहि वृद्ध व्यक्तिहरू COVID-19 बाट असुरक्षित छन् तर कम इन्टरनेटमा जडान भएका छन् र उनीहरूको परिस्थितिहरूको लागि जानकारी पहुँच गर्ने उपायहरूको आवश्यकता छ। वृद्ध व्यक्ति COVID-19 समर्थन लाइनले जानकारी र समर्थन प्रदान गर्दछ।

वृद्ध अष्ट्रेलियालीहरु, उनीहरुका परिवारहरु, साथीहरु र संरक्षकहरुले १८०० १७१ ८६६ मा नि: शुल्क फोन गर्न सक्छन्, यदि तिनीहरु:

  • COVID-19 प्रतिबन्धहरु र उनीहरु मा यसको प्रभावको बारे मा कुरा गर्न चाहानुहुन्छ
  • एक्लो महसुस वा प्रियजनको बारेमा चिन्ता
  • कसैको हेरचाह गर्नुहोस् र केही जानकारी वा कुरा गर्न कसैलाई आवश्यक छ
  • उनीहरूले पाइरहेका वृद्ध हेरचाह सेवाहरू परिवर्तन गर्ने बारेमा मद्दत वा सल्लाह चाहिन्छ
  • नयाँ हेरचाह सेवाहरू वा खरीददारी जस्ता आवश्यक आपूर्तिहरू पहुँच गर्न मद्दत चाहिन्छ
  • आफ्नो बारेमा एउटा साथी वा परिवारको सदस्यहरुको बारेमा जो डिमेन्शियाहुने हरु संग बस्ने चिन्ता छ
  • एक पटक वा नियमित स्वस्थ जाँच आफैंलाई, वा अरू कसैको लागि व्यवस्था गर्न चाहानुहुन्छ।

वृद्ध अष्ट्रेलीयालीहरू, तिनीहरूका आफन्तहरू, हेरचाहकर्ताहरू, साथीहरू वा समर्थकहरू १८०० १७१ ८६६ मा बिहान ८:३० देखि साँझ ६ बजे एईएसटी (AEST )मा सप्ताहको दिन(सोमबार देखी शुक्रबार) आवश्यक पर्ने कुनै सूचना वा सेवाहरूको लागि फोन गर्न सक्छन्।

तथ्य पत्रहरु