व्यवशायहरु

JobKeeper थप

JobKeeper भुक्तानी, जुनचाँही मूल रूपमा २७ सेप्टेम्बर २०२० सम्म चल्ने भएको थियो, योग्य व्यवसायहरू (स्व-रोजगार सहित) र मुनाफामुखी नभएका व्यवसायहरुको लागि २८ मार्च २०२१ सम्म यि उपलब्धता जारी रहनेछन्।

आऊँदा परिवर्तनहरुको संक्षेपहरुकालागि treasury.gov.au/coronavirus/jobkeeper/extension मा हेर्नुहोला।।

JobKeeper भुक्तानी

सरकारको JobKeeper भुक्तानीले थप अष्ट्रेलियालीहरूलाई रोजगारमा राख्न र कोरोनाभाईसको महत्वपूर्ण आर्थिक प्रभावबाट प्रभावित व्यवसायहरूलाई सहयोग पुर्‍याउनर अस्थायी अनुदान हो।

योग्य रोजगारदाताहरू, एक्लो व्यापारीहरू र अन्य संस्थाहरूले उनीहरूका योग्य कर्मचारीहरूका लागि JobKeeper भुक्तानहरू प्राप्त गर्न आवेदन दिन सक्दछन्। यो ATO द्वारा प्रत्येक महिना तलब दिईसकेपछी रोजगारदातालाई सोधभर्ना गरिनेछ।

व्यवसायहरूले JobKeeper भुक्तानीको लागि ATO को Business Portal मार्फत नामांकन गर्न सक्दछ, ATO online services सेवाहरूमा myGov प्रयोग गरेर र यदि तपाईं एक्लो व्यापारी हुनुहुन्छ भने, वा दर्ता गरिएको कर वा BAS एजेन्ट मार्फत गर्न सक्नुहुनेछ।

विगतका JobKeeper समर्थन र उपलब्ध सहयोगको बारेमा थप जानकारीको लागि ATO को www.ato.gov.au/JobKeeper मा हेर्नुहोला।

तिर्नुपर्ने रसिद र तलब भुक्तान गर्न नगद प्रवाह सुनिश्चित गर्दै

योग्य व्यवसायहरू र मुनाफाको लागि नभएको (NFP) संगठनहरू जसले कर्चारीहरुलाई काममा लगाउँछन् उनीहरूले सेप्टेम्बर २०२० को महिना वा क्वार्टरमा तिनीहरूको गतिविधि विवरणहरू तय गरेर नगद प्रवाह बढावा रकममा $ २०,००० देखि १००,००० सम्म प्राप्त गर्नेछन्।थप ज्ञानको लागि:

  • Boosting cash flow for employers 
  • प्रशिक्षुहरु र प्रशिक्षार्थीहरु
  • सरकारले अष्ट्रेलियाको कुशल कार्यबलको निरन्तर विकासलाई समर्थन गरिरहेको छ र योग्य व्यवशायहरुलाई प्रशिक्षुहरु र प्रशिक्षार्थीहरुलाई राखिराख्न ५० प्रतिशत तलब अनुदान $२१,००० सम्म प्रदान गरी सहयोग गर्दैछ।
  • थप ज्ञानको लागि:

उधारो र ऋणहरु

एउटा नयाँ कोरोनाभाइरस SME ग्यारेन्टी योजनाको मतलब तपाईलाई आउँदो महिनाहरूमा सहयोग पुर्‍याउन सहभागी ऋणदाताहरूबाट थप ऋणहरू पहुँच गर्न सक्नुहुन्छ।

सरकारले SME ऋणदाताहरूलाई काम गर्ने पूंजीका लागि प्रयोग गरिने नयाँ असुरक्षित ऋणहरूको ५० प्रतिशतको ग्यारेन्टी प्रदान गर्नेछ।

सरकारले विद्यमान लघु व्यवशाय ग्राहकहरुलाई ऋण दिने ऋणदाताहरु लाई उत्तरदायी ऋण दायित्वहरु बाट छुट प्रदान गरिरहेको छ।

यो छुट छ महिनाको लागि हो र नयाँ क्रेडिट, क्रेडिट बढाउने र क्रेडिट फेरबदल र पुनर्संरचना सहित व्यापार उद्देश्यको लागि कुनैपनि क्रेडिटलाई लागु हुन्छ।

क्षेत्रिय र ईलाका समर्थन

सरकारले कोरोनाभाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित समुदायहरू, क्षेत्र र उद्योगहरूलाई सहयोग गर्न $१ अर्ब छुट्याएको छ। यी कोषहरू प्रकोपको बेला सहयोग गर्न र पुन: प्राप्तिमा मद्दत गर्न उपलब्ध हुनेछन्। यसको अलवा, सरकारले $७१५ मिलियन डलरको प्याकेजमार्फत हाम्रो एयरलाइन उद्योगलाई सहयोग गरिरहेको छ।

तपाईको व्यवशायमा लगानी

$५०० मिलियन डलर भन्दा कम कुल वार्षिक आम्दानी भएका व्यवशायहरूका लागि तत्काल सम्पत्ति खर्चने(asset write-off ) को मापदण्ड $३०,००० बाट $१५०,००० डलरमा वृद्धि गरिएको छ।

चाहे तपाईं आफ्नो गोदाम को लागि उपकरण वा पुरानो ट्याक्टर होस् वा नयाँ उपकरणहरू खरीद गर्दै हुनुहुन्छ, तपाईंको व्यवसायले तत्काल सम्पत्ति खर्चने कार्यबाट फाइदा लिन उक्त अबधिलाई बिस्तार गरेर ३१ डिसेम्बर २०२० सम्ममा बढाईएको छ।

द्रुत मूल्यह्रास कटौती १५- महिनाको लगानी प्रोत्साहन पहल मार्फत योग्य व्यवशायहरूको लागि पनि उपलब्ध हुनेछ।

थप ज्ञानको लागि:

Instant asset write-off for eligible businesses(योग्य व्यवशायहरुको लागि तत्काल सम्पत्ति खर्चने)

Backing business investment – accelerated depreciation(व्यवशायिक लगानीलाई सहयोग – द्रुत मूल्यह्रास)

यसमा पनि हेर्नुहोस्: