व्यवशायहरुको लागि

JobKeeper भुक्तानी

सरकारको JobKeeper भुक्तानीले थप अष्ट्रेलियालीहरूलाई रोजगारमा राख्न र कोरोनाभाईसको महत्वपूर्ण आर्थिक प्रभावबाट प्रभावित व्यवसायहरूलाई सहयोग पुर्‍याउनर अस्थायी अनुदान थियो।

योग्य रोजगारदाताहरू, एक्लो व्यापारीहरू र अन्य संस्थाहरूले उनीहरूका योग्य कर्मचारीहरूका लागि JobKeeper भुक्तानहरू प्राप्त गर्न आवेदन दिन सक्दथे। यो ATO द्वारा प्रत्येक महिना तलब दिईसकेपछी रोजगारदातालाई सोधभर्ना गरिन्थ्यो।

व्यवसायहरूले JobKeeper भुक्तानीको लागि ATO को Business Portal मार्फत नामांकन गर्न सक्दथे, ATO online services सेवाहरूमा myGov प्रयोग गरेर र यदि तिनिहरु एक्लो व्यापारी हुनुहुन्छ भने, वा दर्ता गरिएको कर वा BAS एजेन्ट मार्फत गर्न सक्नुहुनेथियो।

JobKeeper भुक्तानीको बारेमा थप जानकारीको लागि www.ato.gov.au/JobKeeper मा हेर्नुहोला।

तिर्नुपर्ने रसिद र तलब भुक्तान गर्न नगद प्रवाह सुनिश्चित गर्दै

योग्य व्यवसायहरू र मुनाफाको लागि नभएको (NFP) संगठनहरू जसले कर्चारीहरुलाई काममा लगाउँछन् उनीहरूले मार्र २०२० देखी सेप्टेम्बर २०२० सम्ममा महिनावारी वा क्वार्टरमा तिनीहरूको गतिविधि विवरणहरू तय गरेर नगद प्रवाह बढावा रकममा $ २०,००० देखि १००,००० सम्म प्राप्त गर्नेछन्। थप ज्ञानको लागि:

प्रशिक्षुहरु र प्रशिक्षार्थीहरु

सरकारले अष्ट्रेलियाको कुशल कार्यबलको निरन्तर विकासलाई समर्थन गरिरहेको छ र योग्य व्यवशायहरुलाई प्रशिक्षुहरु र प्रशिक्षार्थीहरुलाई राखिराख्न ५० प्रतिशत तलब अनुदान $२१,००० सम्म प्रदान गरी सहयोग गर्दैछ।

थप ज्ञानको लागि:

उधारो र ऋणहरु

एउटा नयाँ कोरोनाभाइरस SME ग्यारेन्टी योजनाको मतलब तपाईलाई आउँदो महिनाहरूमा सहयोग पुर्‍याउन सहभागी ऋणदाताहरूबाट थप ऋणहरू पहुँच गर्न सक्नुहुन्छ।

सरकारले SME ऋणदाताहरूलाई काम गर्ने पूंजीका लागि प्रयोग गरिने नयाँ असुरक्षित ऋणहरूको ५० प्रतिशतको ग्यारेन्टी प्रदान गर्नेछ।

सरकारले विद्यमान लघु व्यवशाय ग्राहकहरुलाई ऋण दिने ऋणदाताहरु लाई उत्तरदायी ऋण दायित्वहरु बाट छुट प्रदान गरिरहेको छ।

यो छुट छ महिनाको लागि हो र नयाँ क्रेडिट, क्रेडिट बढाउने र क्रेडिट फेरबदल र पुनर्संरचना सहित व्यापार उद्देश्यको लागि कुनैपनि क्रेडिटलाई लागु हुन्छ।

क्षेत्रिय र ईलाका समर्थन

सरकारले कोरोनाभाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित समुदायहरू, क्षेत्र र उद्योगहरूलाई सहयोग गर्न $१ अर्ब छुट्याएको छ। यी कोषहरू प्रकोपको बेला सहयोग गर्न र पुन: प्राप्तिमा मद्दत गर्न उपलब्ध हुनेछन्। यसको अलवा, सरकारले $७१५ मिलियन डलरको प्याकेजमार्फत हाम्रो एयरलाइन उद्योगलाई सहयोग गरिरहेको छ।

व्यवशायहरुकोलागि टेवा दिन JobMaker योजना अस्थायी मापन

२०२०-२१ को बजेट अनुरुप, सरकारले व्यवशायहरूका लागि कोरोना भाईरस(COVID-19)को माहामारीको असरबाट राहात पाउनकोलागि बिभिन्न मापनहरु लागु गरेको छ।

यस मापनहरुमा कर छुट दावी, घटाउने र करको समयमा सम्पतीको ह्रास कटौती गर्ने संग सम्बन्धित छन्। तिनिहरुले व्यवशायहरुकोलागि COVID-19 को आर्थिक असरलाई आर्थिक वर्ष २०२०-२१ र २०२१-२२ मा टेवा दिनेछ।

यस मापनमा निम्न संलग्न छन् :

  • JobMaker भर्ति क्रेडिट
  • अस्थायी पृर्ण खर्च गर्ने
  • नोक्सान अगाडी लाने
  • व्यवशायिक लगालीलाई समर्थन – द्रुत मूल्यह्रास
  • तत्काल सम्पत्ति खर्चने
  • लघु व्यवशायको आम्दानी मात्रा बढाईदिने